भाइले जित्ने बितिक्कै दाइ फर्किने निश्चित

भाइले जित्ने बितिक्कै दाइ फर्किने निश्चित

पाकिस्तानमा नयाँ प्रधानमन्त्री छानिएलगत्तै तीन पटक प्रधानमन्त्री भएर हाल निर्वासनमा रहेका नवाज सरिफ स्वदेश फर्किने भएका छन् ।

भाइ शेहबाज सरिफ संसदबाट आवश्यक बहुमतका साथ प्रधानमन्त्री निर्वाचित भएपछि नवाज सरिफ मुसलमानहरुको आगामी चाड इदपछि स्वदेश फर्कन लागेको खबर बाहिरिएको हो ।

हाल बेलायतको राजधानी लण्डनमा निर्वासनको जीवन बिताइरहेका उनी आगामी मे महिनामा पाकिस्तान फर्कने पाकिस्तान मुस्लिम लिगका नेता मिआन जावेद लातिफले जानकारी दिएका हुन् ।

यो हप्ता मुलुकभित्रको राजनीतिमा देखिएको उथलपुथलपछि प्रधानमन्त्री खान सत्ताबाट बाहिरिएका छन् । खान बाहिरिएपछि सरिफ स्वदेश फर्कने बाटो खुलेको हो ।

लातिफले भनेका छन्, ‘मुलुकको तीन पटक प्रधानमन्त्री भइसकेका व्यक्ति निर्वासनबाट स्वदेश फर्कने विषयमा पाकिस्तान मुस्लिम लिगका शीर्ष नेता र सरकारमा सामेल अन्य दलहरुबीच थप कुराकानी हुने छ ।’

टिप्पणीहरू