डलर बटुल्ने श्रीलंकाको नयाँ उपाय

डलर बटुल्ने श्रीलंकाको नयाँ उपाय

चरम आर्थिक विश्रृंखलता र वित्तीय संकटबाट गुज्रिरहेको श्रीलंकामा विदेशी मुद्रा सञ्चितिको लागि नयाँ उपाय अपनाइएको छ । आजबाट एक साता मनाउन लागिएको हप्तालाई डलर विक भनिएको छ ।

विदेशी मुद्राको सञ्चिति घटेर निकै तल पुगेपछि श्रीलंकाले विदेशमा बस्ने ३० लाख श्रीलंकालीसँग आफ्नो मुलुकलाई मायाँ गर्न आग्रह गरेको हो ।

‘आफ्नो देश श्रीलंकालाई मायाँ गर्ने हो भने मुुलुकभित्र रहेका आफ्ना प्रियजनलाई तीन सय डलर पठाउ र मातृभूमिलाई जोगाउ,’ भन्ने नारासहित लेखिएको छ, ‘श्रीलंकालाई दलको राजनीतिबाट टाढा राखेर निर्माण गरौं ।’

३० लाख श्रीलंकनले विदेशबाट कम्तिमा तीन सय डलर पठाएको अवस्थामा मुलुकमा ९० करोड अमेरिकी डलर जम्मा हुने अनुमान गरिएको छ । यहि सुईंको पाएर हुनसक्छ, यताका अर्थमन्त्रीले पनि विदेशमा बस्ने नेपालीलाई केही रकम पठाउन आग्रह गर्ने संकेत गर्नुभएको थियो ।

टिप्पणीहरू