राजनीतिक दलको मञ्चमा विश्वविद्यालयका उपकुलपति र रजिष्ट्रार ढसमस्स

राजनीतिक दलको मञ्चमा विश्वविद्यालयका उपकुलपति र रजिष्ट्रार ढसमस्स

शिक्षण पेशालाई राजनीतिबाट टाढा राख्नुपर्ने भाषण गर्दै आएका विश्वविद्यालयका शीर्ष पद ओगटेर बसेका व्यक्तिहरु नै आफ्नो दलको कार्यक्रममा दौडिएर मञ्चमा बस्ने गरेका छन् ।

हालै नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति र पूर्वाञ्चल विश्वविद्यालयका रजिष्ट्रार एमाले निकट प्राध्यापक संगठनको कार्यक्रममा मञ्चमा आसिन भएका हुन् ।

कीर्तिपुरमा गत शुक्रबार र शनिबार भएको नेपाल प्रगतिशील प्राध्यापक संगठनको १० औं राष्ट्रिय सम्मेलनमा उनीहरु देखिएका हुन् । सम्मेलनको मञ्चमा नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति यादव लामिछाने र पूर्वाञ्चल विश्वविद्यालयका रजिष्ट्रार नीलमणि पोखरेल ढसमस्स बसेका हुन् ।

कार्यक्रम नेकपा एमालेको जनसंगठन प्रगतिशील प्राध्यापक संगठनको थियो । विश्वविद्यालयका उपकुलपति र रजिष्ट्रारले पदीय मर्यादा बिर्सिएर राजनीतिक दलको कार्यक्रमा भाग लिएको देखेपछि धेरैले कुरीकुरी गरेका छन् ।

टिप्पणीहरू