म्यानमारमा नयाँ वर्षसँगै वाटर फेस्टिभलको रौनक

म्यानमारमा नयाँ वर्षसँगै वाटर फेस्टिभलको रौनक

म्यानमारको परम्परागत पानीपर्व -Water Festival_ हिजोदेखि देशभर शुरु भएको छ । यो पर्वमा रंगीचंगी पोशाकमा सजिएका सर्वसाधारणले समूहगत नृत्य प्रस्तुत गर्छन् । पर्वले सबैको जीवनमा शान्ति र समृद्धि ल्याउने विश्वासका साथ देशभर मनाउने गरिन्छ ।

पर्सि शनिबारसम्म चल्ने यो परम्परागत थिंग्यान पानीपर्वको हिजो विशेष समारोहका साथ राजधानी यांगुनमा शुभारम्भ गरिएको हो । पर्वमा एकापसमा पानी छ्यापेर अघिल्लो वर्षका पापहरू पखाल्दै नयाँ वर्षको थालनी गरिने जनविश्वास छ ।यो पर्वलगत्तै आइतबारदेखि म्यान्मारको नयाँ वर्ष सुरु हुनेछ ।स्रोतः सिन्ह्वा

टिप्पणीहरू