दिउँसो सिंहदरबारमा, राति लैनचौरमा

दिउँसो सिंहदरबारमा, राति लैनचौरमा

नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले हिजो साँझ दूतावास परिसरमा बिदाई भोजको आयोजना गर्नुभयो । उहाँ भारतीय विदेश मन्त्रालको सचिवमा बढुवा भएपछि आगामी बैशाख १८ गतेदेखि जिम्मेवारी सम्हाल्न नयाँ दिल्ली जानुअघि काठमाडौंमा बिदाई भोजको आयोजना गर्नुभएको हो ।

सो अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवालगायत भूतपूर्व प्रधानमन्त्रीहरु, गृहमन्त्री बालकृष्ण खाँणलगायत अन्य मन्त्रीहरु, राजनीतिक दलका नेता, कुटनीतिज्ञ, उच्च पदस्थ कर्मचारी, पत्रकार गरि झण्डै डेढ सय जनाको जमघट थियो ।

हिजै दिउँसो राजदूत क्वात्रा गृहमन्त्री खाँणलाई भेट्न सिंहदरबारस्थित मन्त्रालय पुग्नुभएको हो । उहाँ र दूतावासकी डेपुटी चिफ अफ मिसन नामग्या सी खम्पाले मन्त्रीसँग पौने घण्टा बातचित गर्नुभएको हो ।

लञ्चअघि भएको उक्त वार्तामा मन्त्रालयका सचिव टेकनारायण पाण्डे पनि सहभागी हुनुभएको मन्त्रालय स्रोतले बताएको छ ।

टिप्पणीहरू