पारिबाट मोटरसाइकल र साइकलमा लागुऔषध ह्वार्रह्वार्ती

पारिबाट मोटरसाइकल र साइकलमा लागुऔषध ह्वार्रह्वार्ती

सिराहामा भारतबाट लुकाएर ल्याइएका लागुऔषधसहित दुई जना पक्राउ परेका छन् । मोटरसाइकल र साइकलमा लागुऔषध बोकेर हिँडेका उनीहरुलाई शसस्त्र प्रहरीको संयुक्त टोलीले समातेको हो ।

हिजो विशेष सुराकीका आधारमा सिराहाका एक युवा र सुनसरीकी एक महिला लागुऔषधसहित पक्राउ परेका हुन् । पक्राउ पर्नेमा सिराहाको नन्कारकट्टी ५ बस्ने २७ वर्षीय ओमप्रकाश यादव र सुनसरी चक्रघट्टी नगरपालिका ७ की २५ वर्षीया सुनिता दास हुन् ।

उनीहरुलाई शसस्त्र प्रहरी बलको छिन्नामस्ता वाहिनीबाट खटिएको तीन जनाको स्क्वाड टोली र लहानबाट खटिएको पाँच जनाको संयुक्त टोलीले समातेको हो ।

पक्राउ परेका यादवले स.६ प ६६०८ नम्बरको यमाहा मोटरसाइकलमा डाइजापाम ८९ एमपूल, नोफिन ४५ एम्पूल, नाइट्रजिपाम १० एमजीको २० प्राइलर ३०० ट्याब्लेट लिएर आएका थिए । उनको साथबाट मोबाइल १ थान, नेपाली रुपैयाँ चार सय, भारतीय दुई सय र स. ६ प ६६०८ नम्बरको मोटरसाइकल बरामद भएको छ ।

त्यस्तै, दासलाई भने सिराहाको लहान नगरपालिका १९ बाट पक्राउ गरिएको हो । उनले साइकलमा डाइजापाम ३९ एम्पूल, प्रोमीथोराजाइन हाइड्रोक्लोराइड इन्जेक्सन ३९ पिस र ब्रुनोराफिन इन्जेक्सन ३९ थान लुकाएर ल्याएकी थिइन् । पक्राउ परेका दुबै जनालाई शसस्त्र प्रहरी बलले नेपाल प्रहरीलाई बुझाएको छ ।

टिप्पणीहरू