भक्तपुरमा ५५ हात लामो लिङ्गो ठड्याउने तयारी

भक्तपुरमा ५५ हात लामो लिङ्गो ठड्याउने तयारी

भक्तपुरको विस्का जात्राको क्रममा आज साँंझ ल्योसिंखेलमा ५५ हात लामो लिङ्गो उभ्याइँदै छ । प्रत्येक वर्षझैँ यो वर्ष पनि भक्तपुर नगरपालिका–५ ल्योसिंखेलमा लिङ्गो उभ्याइन लागिएको हो ।

आठ रात, नौ दिन लामो विस्का जात्रामा लिङ्गो उभ्याउनुलाई जात्राकै मुख्य आकर्षण मानिन्छ । ५५ हात लामो लिङ्गोलाई डोरीको सहायताले तानेर ठड्याउने गरिन्छ ।

प्रत्येक वर्ष चैत महिनाको अन्तिम दिन साँझ लिङ्गो ठड्याएर वैशाख १ गते ढाल्ने प्रचलन छ । चैत मसान्तमा उभ्याइने र बैशाख १ गते ढाल्ने भएकाले लिङ्गो एक वर्ष उभिएको मान्ने गरिन्छ ।

टिप्पणीहरू