अनिल गुरुङको शव सेनाको हेलिकप्टरमा सुर्खेतको गुर्माकोट लगियो

अनिल गुरुङको शव सेनाको हेलिकप्टरमा सुर्खेतको गुर्माकोट लगियो

अफ्रिकी मुलुक कंगोमा राष्ट्र संघीय शान्ति मिसनमा विद्रोहीको गोली प्रहारबाट शहादतप्राप्त गरेका नेपाली सेनाका प्युठ अनिल गुरुङको शवलाई काठमाडौंबाट सेनाको हेलिकप्टरमा सुर्खेत लगिएको छ । हिजो साँझ काठमाडौं आइपुगेको उनको शवलाई आज बिहान काठमाडौंको छाउनीमा आयोजित श्रद्धाञ्जली सभामा प्रधानसेनापति र राष्ट्र संघका आवासीय प्रतिनिधि रिचर्ड हवार्डले श्रद्धाञ्जली दिनुभएको थियो ।

नेपाली सेनाको झण्डा र राष्ट्र संघको झण्डा ओढाइएको शवलाई सेनाको टुकडीले अन्तिम सम्मान अर्पण गरेको हो । उनको गत मंगलबार निधन भएको थियो ।

सुर्खेतको गुर्माकोट नगरपालिका वडा नम्बर १४, जहरे निवासी नेपाली शान्ति सैनिक प्युठ अनिल गुरुङको पार्थिव शरिरलाई अहिले उनको जन्मथलो लगिएको छ । परिवारजनले श्रद्धाञ्जली व्यक्त गरेपछि सेनाको स्थानीय टुकडीले उनलाई अन्तिम सलामी अर्पण गर्ने बताइएको छ ।

\

टिप्पणीहरू