राजधानीमा राष्ट्रिय परिचयपत्रको दर्ता सभागृहबाट

राजधानीमा राष्ट्रिय परिचयपत्रको दर्ता सभागृहबाट

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले काठमाडौंबासीको सहजताका लागि राष्ट्रिय सभागृहमा अनलाइन इनरोलमेन्टसहितको स्टेशन सञ्चालन गरेको छ । यसअघि जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट हुँदै आएको राष्ट्रिय परिचयपत्रको वैयक्तिक तथा जैविक विवरण संकलन कार्य हिजोबाट सभागृहमा सञ्चालन गरिएको हो ।

सेवाग्राहीको सहजतालाई ध्यानमा राखेर सभागृहबाट पनि उक्त सेवा सञ्चालन गरिएको विभागले जनाएको छ । विवरण प्रविष्ट गर्न जाँदा सक्कल कागजात लिई जानुपर्ने छ । जसमा नेपाली नागरिकताको सक्कल प्रमाणपत्र, नागरिकताको प्रमाणपत्रमा जन्म मिति नखुलेमा सो खुल्ने प्रमाणपत्र, बसाईंसराइ गरेको हकमा सोको सक्कल प्रमाणपत्र दर्ता गर्ने बेलामा बुझाउनुपर्नेछ ।

त्यस्तै, विवाहिताको हकमा नागरिकतामा पति वा पत्नीको नाम उल्लेख नभएमा विवाह दर्ता प्रमाणपत्र, राहदानी लिएको हकमा सक्कल राहदानी पनि देखाउनुपर्नेछ । साथै, तोकिएका जिल्ला प्रशासन कार्यालय, काठमाडौ, जिल्ला प्रशासन कार्यालय, ललितपुर र नारायणहिटी दरबार परिसरमा रहेका स्टेशनहरु पनि यथावत सञ्चालनमा रहेको विभागले जनाएको छ ।

 

टिप्पणीहरू