अदालतमा फाइलको व्यवस्थापन कसरी हुन्छ ?

अदालतमा फाइलको व्यवस्थापन कसरी हुन्छ ?

अदालत राज्यको अभिन्न अंग हो । न्याय दिने क्षेत्र भएकाले यसलाई न्यायपालिका पनि भनिन्छ । अन्यायमा परेका, पिछडिएका वर्गलाई न्याय दिनका लागि अदालत खडा गरिएको हो । अदालतबिना मानिसहरुलाई आफ्नो दैनिक कामकाज सम्प्रेषण गर्न पनि सकस पर्छ । तर,अदालत कसरी सञ्चालन हुन्छ र यसले आम नागरिकलाई कसरी सेवासुविधा दिन्छ भनेर धेरैलाई ज्ञान नहुन सक्छ ।

अदालत यस्तो ठाउँ हो जहाँ दिनहुँ सयौं सर्वसाधारणको ओहोरदोहोर हुन्छ । हरेक फाँटमा जतिबेला पनि निकै भीडभाड देखिन्छ । मुध्दाहरुको चाप पनि उत्तिकै हुन्छन् । फाइलहरु असंख्य हुन्छन् । वर्षौदेखि थन्काएर राखेका मिसिलहरु बेलाबखत आवश्यकता पर्ने भएकाले यसको खोजी कसरी गरिन्छ ? मिसिलहरुको व्यवस्थापन कसरी गर्ने गरिएको छ ? यो सबैको निम्ति चासोको विषय बनेको छ । करोडौं मिसिलहरु कसरी संरक्षण गरिएको होला ? जान्न उत्सुकता नहुने सायद कमै होलान् ।

मुलुकभरका अदालतले केश म्यानेजमेन्ट सिस्टम सिएमएस मार्फत विवरणहरु सुरक्षित राख्ने गरेका छन् । २०७२ सालबाट सबै अदालतले यसलाई अवलम्बन गरेका हुन् । महाभूकम्पले सबै फाइलहरु धुजाधुजा पारेपछि यस सिस्टमले व्यापकता पाएको हो । ललितपुर जिल्ला अदालतले पनि सिएमएस प्रणालीको प्रयोगबाट मिसिलहरुको संरक्षण गर्ने गरेको छ ।

६ वर्षअघि प्रचलनमा आएको यो प्रणालीले अदालतको कामकाजमा निकै सहज तुल्याइदिएको छ । पुराना मिसिल एक दुई दिन लगाएर खोज्नुपर्ने अवस्थाको अन्त्य भएको छ । ‘पहिले एउटा मिसिल खोज्नका लागि कति दिन लाग्थ्यो,कति वटा ढड्डा पल्टाउनुपर्थ्यो अहिले त्यसको अन्त्य भएको छ,’ एक कर्मचारीले भने ।

भन्छन्, ‘कहिलेदेखिको फाइल खोज्नपर्ने हुन्छ,कहाँ हो कहाँ भेट्नै मुश्किल हुन्थ्यो । सिएमएस प्रणाली आएपछि दर्जनौ बाकस खोतल्नुपर्ने बाध्यता भने हटेको छ ।’ कम्प्युटरमै फाइल सुरक्षित हुने भएपछि समयको पनि बचत भएको उनी बताउँछन् ।

यो प्रणाली लागु भएपछि अदालतका हरेक कर्मचारीहरु खुशी देखिन्छन् । धुवाँधुलो खानबाट बचेपछि उनीहरु सन्तुष्ट भएका छन् । केही वर्ष अघिसम्म फाइल मुसाले खाइदिएर सबैजना वाक्क बनेका थिए । साथै, पानी परेर फाइल बिग्रिने डर पनि उत्तिकै हुन्थ्यो । अहिले अदालतले यी सबै झण्झटिलो प्रक्रियाबाट छुटकारा पाएको छ ।

“गत फागुन महिनाको प्रगति विवरण हेर्ने हो भने ६७ हजार नौ सय ५५ वटा मिसिल कम्प्युटरमा इन्ट्री भएको छ । त्यसैगरी, ३२ हजार १७ वटा मिसिल स्क्यान भएको छ । तीमध्ये ललितपुर जिल्ला अदालतले २२ हजार चार सय २० मिसिल स्क्यान भई कम्प्युटरमा अपलोड भइसकेको श्रेस्तेदार बिष्णु पाण्डेले जनाए । “

सिएमएसमा मिसिल मात्र नभई निवेदन, प्रतिवेदनहरु पनि राख्न सकिन्छ । पछिल्लो समय अभिलेख मिसिल डिजिटाइजेशनको माध्यमका कारण जिल्ला अदालतहरुले छिटोछरितो सेवा दिने गरेका छन् ।

डिजिटल माध्यममा हरेक फाइलहरु व्यवस्थित तरिकाले राखिएको छ । सेवाग्राहीले आफ्नो फाइल सजिलै हेर्न सक्दछन् । यसले सेवाग्राही र त्यहाँका कर्मचारी दुवैको समयको सदुपयोग भएको आइटी शाखाकी मनिषा गौतमले बताइन् ।

यहाँ देवकुमार गिरी,किरणप्रसाद शिवाकोटी,रामप्रसाद बस्याल,सूर्यप्रसाद पराजुली श्रीमानहरुले विना कुनै विलम्ब फैसला गर्दा सेवाग्राहीहरुलाई सास्ती घटेको छ । यही ललितपुर जिल्ला अदालतले अभिलेख डिजिटाइजेशनमा निकै प्रगति गरेको पाइन्छ । गत फागुन महिनाको प्रगति विवरण हेर्ने हो भने ६७ हजार नौ सय ५५ वटा मिसिल कम्प्युटरमा इन्ट्री भएको छ । त्यसैगरी, ३२ हजार १७ वटा मिसिल स्क्यान भएको छ । तीमध्ये २२ हजार चार सय २० मिसिल स्क्यान गरी कम्प्युटरमा अपलोड भइसकेको श्रेस्तेदार बिष्णु पाण्डेले जनाए ।

स्क्यान सुरुवात भएको एकवर्षमा १७ हजार एकसय ४९ वटा फाइल भएको स्कानिङ भई सफ्टकपी अपलोड भएको छ । यो महिना पाँच हजार दुई सय ७१ मिसिल स्क्यान भई अपलोड भइसकेको छ । त्यस्तै, नौ हजार पाँच सय ९७ मिसिल स्क्यान भइसकेका छन् भने तिनीहरुलाई अपलोड गर्न बाँकी छ ।

सर्वोच्च अदालत र उच्च अदालतमा दायर हुने पुनरावेदन, कैफियत प्रतिवेदनलगायत माग भएका मुद्दाका मिसिल कागजात तथा प्रमाणहरु अदालतले सिएमएस प्रणालीमा अपलोड गरेर मात्र पठाउने र ललितपुर जिल्ला अदालतबाट माग भएका मिसिलहरु सर्वोच्च तथा उच्च अदालतबाट माग भएका मिसिलहरु सर्वोच्च तथा उच्च अदालतले सोहीमार्फत हेर्न सक्ने र मिसिल झिकाइरहनु नपर्ने व्यवस्था मिलाइएको अदालतका श्रेस्तेदार पाण्डे बताउछन् ।

सिएमएस प्रणाली भनेको के हो ?

केश म्यानेजमेन्ट सिस्टम एक किसिमको सफ्टवेयर हो । यसले अदालतमा भएका मिसिलहरु भण्डारण गर्दछ । आवश्यकता परेको बेला फाइलहरु सजिलै भेटाउन सकियोस् भनेर यो प्रणालीको विकास गरिएको हो । डिजिटल रेकर्ड राख्न र कागजी कार्य घटाउन यसले निकै सघाउ पुर्याएको पाइन्छ । अदालतमा हुने दैनिक कामकाजको लेखाजोखा राख्ने प्रमुख माध्यमका रुपमा यो सिस्टमलाई लिइएको छ ।

टिप्पणीहरू