भारतीय राजदूतको भोज : प्रधानमन्त्री, पूर्वप्रधानमन्त्रीहरु लैनचौरमा

भारतीय राजदूतको भोज : प्रधानमन्त्री, पूर्वप्रधानमन्त्रीहरु लैनचौरमा

नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले आयोजना गर्नुभएको भोजमा उपस्थित भएर प्रधानमन्त्री शेरबहादुर देउवा केहीबेर अघि बालुवाटार फर्कनुभएको छ । उहाँ साढे ७ बजेदेखि आधा घण्टा दूतावासभित्र आयोजना गरिएको भोजमा सरिक हुनुभएको हो ।

राजदूत विनय मोहन क्वात्रा विदेश सचिवमा बढुवा भएपछि आयोजना गर्नुभएको बिदाई पार्टीमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पनि पुग्नुभएको छ । एमालेकाे तर्फबाट पूर्व सभामुख तथा उपाध्यक्ष सुवास नेम्वांग जानुभएकाे हाे ।त्यसैगरी, गृहमन्त्री बालकृष्ण खाँणलगायत अधिकांश मन्त्री, सुरक्षा निकायका प्रमुखहरु, उच्च पदस्थ सरकारी कर्मचारी र काठमाडौंस्थित विभिन्न मुलुकका राजदूतहरु पनि भोजमा उपस्थित हुनुहुन्छ ।

टिप्पणीहरू