क्यालिफोर्नियाको बबल रन (भिडियो सहित)

क्यालिफोर्नियाको बबल रन (भिडियो सहित)

हजारौं अमेरिकीहरु वर्षेनी दक्षिण क्यालिफोर्नियामा हुने बबल रन दौडमा उत्साहका साथ सामेल हुन्छन् । उक्त दौडमा मानिसले रंगीचंगी पानीको फोका र फिँजमा दौडेर, उफ्रेर रमाइलो गर्छन् । दक्षिणी क्यालिफोर्नियाको पोमोनामा हुने उक्त दौडमा धावकहरु पाँच किलोमिटरसम्म दौडिन्छन् । प्रत्येक किलोमिटरको अन्तरमा धावकहरुमाथि बबल र फोम खन्याउने गरिन्छ ।

उक्त रमाइलोले कताकता नेपाली समाजमा मनाइने फागु तथा थाइल्याण्ड, क्याम्बोडियातिर मनाइने वाटर फेस्टिवलको झझल्को दिने बताइन्छ । यसमा बालबालिका, वयस्क र अन्य महिला तथा पुरुषहरु सेतो टी–सर्ट लगायतका पहिरनमा सहभागी हुन्छन् ।

कोरोनाको कारण दुई वर्षदेखि स्थगित उक्त कार्यक्रम यो वर्ष गराइएको हो । सर्वसाधारणलाई पुनः रमाइलोमा सहभागी गराउने आफ्नो उद्देश्य सफल भएको कार्यक्रमका निर्देशक लरेन बेनेटको भनाइलाई उद्धृत गर्दै सिन्ह्वाले लेखेको छ । उनी भन्छिन्, ‘दुई वर्षदेखि मानिसहरु बिना कुनै क्रियाकलाप घरमा थुनिएका थिए तर अहिले यस्तो कार्यक्रमले मानिसलाई आफ्नो स्वास्थ्यको निम्ति पनि केहि गर्नुपर्छ भन्ने महत्वपूर्ण सन्देश दिएको छ ।’

स्रोतः सिन्ह्वा

टिप्पणीहरू