प्रधानमन्त्री मेलम्ची जाने कार्यक्रम रोकियो

प्रधानमन्त्री मेलम्ची जाने कार्यक्रम रोकियो

प्रधानमन्त्री भोलि दिउँसो सिन्धुपाल्चोकको मेलम्ची जाने कार्यक्रम रोकिएको छ । भोलि बिहान सुन्दरीजलस्थित वीपी संग्रहालयमा काँग्रेसका भूतपूर्व सभापति कृष्णप्रसाद भट्टराईको शालिक अनावरणपछि मेलम्चिको मुहान अम्बाथान जाने कार्यक्रम स्थगित भएको हो ।

भोलि अम्बाथानस्थित मेलम्ची खानेपानी परियोजनाको हेडवक्र्समा राखिएको ‘मेलम्चीको पानी पुनः पथान्तरण कार्यक्रम’ मा प्रधानमन्त्री शेरबहादुर देउवा जाने कार्यक्रम निर्वाचन आचारसंहिताको कारण स्थगित भएको हो ।

निर्वाचन आयोगले शुक्रबार रातिदेखि निर्वाचन आचारसंहिता लागू गरेकाले अब प्रधानमन्त्री, मन्त्री, सरकारी अधिकारी तथा राजनीतिक दलका नेताहरुले कुनै पनि परियोजनाको शिलान्यास तथा उद्घाटन गर्न पाईंदैन ।

टिप्पणीहरू