सचिवको घरबाट शुरुआत

सचिवको घरबाट शुरुआत

खुसीको कुरो हो कि यो विपत्तको घडीमा भाटभेटनीजस्ता सुपरमार्केटले गर्दै आएको व्यापारीको काम सरकारले गर्न थालेको छ । त्यो पनि अनलाइनबाट अर्डर लिने,अर्डर आएको दुई दिनभित्रै खाद्यान्न सामान सरकारले उपभोक्ताको दैलोमै पु¥याईदिने । डेलिभरी गरे वापत छुट्टै चार्ज पनि नलाग्ने । हिजैदेखि पहिलो पटक सरकारी कम्पनीहरुले अनलाइनमार्फत सेवा प्रारम्भ गरेको हो ।

सरकारी स्वामित्वमा रहेको नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले अनलाइन सेवाबाट खाद्यान्न होम डेलिभरी सेवा प्रारम्भ भएको हो । यस्को श्री गणेश उद्योग वाणिज्य तथा आपूर्ति सचिव तथा कम्पनीको अध्यक्ष वैकुण्ठ अर्याललाई होम डेलिभरी गरेर गरिएको छ । साबिकको नेपाल खाद्य संस्था र नेशल ट्रेडिङ आपसमा गाभिएर खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बनेको हो । कम्पनीले पहिलो चरणमा चामल, दाल, कर्णालीको सिमी र फापर बिक्री गर्दै आएको छ । कम्पनीले ३० केजीको सोना मन्सुली,जापानीज चामलका अलवा कर्णालीको सीमी,फापर र तीते फाफर होम डेलिभरी गर्नेछ । लकडाउन अवधिभर सामान अर्डर गर्ने उपभोक्तालाई डेलिभरी चार्ज नलिने र कम्पनीले खाद्यान्नको मूल्यमा १० प्रतिशत छुट दिने कम्पनीका प्रमुख कार्यकारी अधिकृत नेत्र सुवेदीले सुनाए ।

घरमा सामानहरू मगाउँदा अनलाइन पेमेन्ट समेत गर्न सकिने उनको भनाई छ वा होम डेलिभर गर्न आउनेलाई हातैमा नगद थमाउन सकिन्छ । सरकारी कम्पनीहरूले अनलाइनमार्फत सेवा दिन थालेको यो पहिलो पटक हो । यसका लागि नेपाल फुड डटजीओभी डटएनपी अनलाइन पोर्टलबाट खोलेर चाहिएको खाद्यान्न अर्डर गर्न सकिने कम्पनीले जनाएको छ । पहिलो चरणमा कम्पनीले हाललाई खाद्यान्नको डेलिभरी उपत्यकाको चक्रपथ भित्र मात्रै हुने जनाएको छ ।

टिप्पणीहरू