शेहबाज सरिफ बने पाकिस्तानको नयाँ प्रधानमन्त्री

शेहबाज सरिफ बने पाकिस्तानको नयाँ प्रधानमन्त्री

पाकिस्तानको विपक्षी दलका नेता शेहबाज सरिफ भर्खरै नयाँ प्रधानमन्त्री चुनिएका छन् । संसदमा भएको मतदानमा उनको पक्षमा बहुमत सदस्य देखिएपछि उनी प्रधानमन्त्रीमा निर्वाचित भएको घोषणा गरिएको छ ।

७० वर्षे सरिफ पूर्वप्रधानमन्त्री नवाज सरिफका भाइ हुन् । उनी पञ्जाव प्रान्तमा तीन पटक मुख्यमन्त्री भइसकेका छन् । भर्खरै निवर्तमान भएका प्रधानमन्त्री इमरान खानको पार्टी पाकिस्तान ताहरिक ए इन्साफका धेरै जना सांसदले खानलाई समर्थन नगरेपछि सरिफको प्रधानमन्त्री हुने बाटो खुलेको हो ।

हुनतः उक्त पार्टीका नेता तथा विदेश मन्त्री साह मोहम्मद कुरेशीलाई असन्तुष्ट सांसदहरुले रुचाए पनि उनले प्रधानमन्त्रीमा निर्वाचित हुन आवश्यक १ सय ७४ मत पुर्याउन सकेनन् ।

आजको संसद बैठक सांसद आयाज सादिकले सञ्चालन गरेका थिए । खानको पार्टीका सभामुख असद क्वासिएरले राजीनामा दिएपछि उनले बैठक सञ्चालन गरेका हुन् ।

आजको बैठकमा पनि सरिफले पनि एक सय ७४ सांसदको समर्थन पाएका छन् । जबकी शनिबार राति भएको अविश्वास प्रस्तावमा पनि त्यत्ति नै संख्यामा मतदान भएको थियो ।

टिप्पणीहरू