अब बोल्ने अर्थमन्त्री शर्माको पालो

अब बोल्ने अर्थमन्त्री शर्माको पालो

स्रोत नखुलेको ४० करोड रुपैयाँ रिलिज गरिदिन नेपाल राष्ट्र बैंकलाई दबाब दिएको र शुक्रबार बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेको भन्दै अर्थमन्त्री सर्वाधिक विवाद र चर्चामा आएका छन् ।

शुक्रबार दिउँसो बैंकले आयोजना गरेको एउटा सम्मेलनमा प्रमुख अतिथिको आसनबाट बोल्दै शर्माले केन्द्रीय बैंक र गर्भनरलाई ‘छारस्ट’ गाली गरेका थिए ।

मन्त्री शर्मा र वर्तमान गठबन्धन सरकारले मुलुकको आर्थिक र वित्तीय अवस्था चौपट पारेको भन्दै विपक्षी दल एमालेले हिजो पत्रकार सम्मेलन गरेको छ ।

एमालेको तर्फबाट यसअघि अर्थमन्त्री बनेका सुरेन्द्र पाण्डे, विष्णु पौडेल र युवराज खतिवडाले मुलुक श्रीलंका बन्न लागेको उदाहरण दिएका हुन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले गभर्नरलाई गरिएको निलम्बनको चर्को विरोध गर्दै अहिलको सरकारका कारण केही दिनपछि विदेश जानेले नेपाल राष्ट्र बैंकबाट डलर सटहीको सुविधा नपाउने जिकीर गर्नुभएको छ ।

यही सन्दर्भमा अर्थमन्त्री शर्माले आज दिउँसो ४ बजे मन्त्रालयमा पत्रकार सम्मेलन गर्न लाग्नुभएको हो । उहाँले मुलुकको अर्थतन्त्रको बर्तमान अवस्थाबारे जानकारी गराउन पत्रकार सम्मेलनको आयोजना गर्न लागेको मन्त्रालयले जनाएको छ ।

टिप्पणीहरू