पाकिस्तानमा कैदी बनाइएका भारतीयलाई घर फर्काइँदै

पाकिस्तानमा कैदी बनाइएका भारतीयलाई घर फर्काइँदै

भारतको केन्द्र सरकारले पाकिस्तानसँगको युद्धमा हराएका भनिएका तर कैदीको जीवन बाँचिरहेका सुरक्षाकर्मीलाई स्वदेश फिर्ता ल्याउन पहल गरेको छ । सन् १९६५ देखि १९७१ सम्म भएको युद्धमा हराएका भनिएका ८३ जनामध्ये बन्दी जीवन बिताइरहेकालाई भारत ल्याउन लागिएको हो । तीमध्ये ६२ जना सैनिक हुन् ।

हराएका सुरक्षाकर्मी र अन्यलाई कूटनीतिक र विभिन्न च्यानलबाट स्वदेश फिर्ता ल्याउन खोजिरहेको भारत सरकारले सोबारे सर्वोच्च अदालतलाई जानकारी गराएको छ ।

सेनाका क्याप्टेन सञ्जित भट्टाचार्यकी आमाले २४ वर्षभन्दा बढी समयदेखि पाकिस्तानको जेलमा रहेका आफ्ना छोरालाई स्वदेश फिर्ता ल्याउन कूटनीतिक माध्यमबाट तत्काल कदम चाल्न केन्द्रलाई निर्देशन दिन अदालतमा निवेदन हालेकी थिइन् ।

सोहि निवेदनमा सरकारले विदेश मन्त्रालयमार्फत् आफ्नो धारणा र पहलबारे अदालतमा लिखित जानकारी गराएको हो ।

टिप्पणीहरू