ज्वाइँ प्रधानमन्त्री

ज्वाइँ प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण भर्खरै सम्पन्न भयो । भारत जाँदा उहाँ भाजपाको पार्टी कार्यालय पनि जानुभएको रहेछ । पार्टी कार्यालय गएको कारण उहाँको भ्रमणै विवादास्पद बनिदियो ।

राजनीतिक क्षेत्रमा प्रश्न उठ्न थाल्यो– देउवा प्रधानमन्त्रीका रूपमा भारत जानुभएको हो कि कांग्रेस सभापतिका रूपमा ? कुन हैसियतमा जानुभएको हो उहाँ ?

यसमा विभिन्न मान्छेको विभिन्न उत्तर हुन सक्ला । तर, मलाई लाग्छ, उहाँ यसपालि न प्रधानमन्त्रीको हैसियतमा भारत जानुभएको हो, न कांग्रेस सभापतिको हैसियतमा ।

उहाँ त डा. आरजु देउवाका श्रीमानको हैसियतमा भारत जानुभएको हो । भाजपाका नेताहरू डा. देउवाका दाजुभाइ नै हुनुहुन्छ । अस्ति नेपाल आउँदा उहाँले राखी जो बाँधेर पठाउनुभएको थियो ।

अतः भाजपाको कार्यालयलाई डा. आरजुको माइती नै भन्दा फरक नपर्ला । डा. आरजुको माइती भनेपछि त्यो प्रधानमन्त्री देउवाको ससुराली भयो । अतः उहाँ यसपालि न प्रधानमन्त्री, न सभापति, ज्वाइँको हैसियतमा भारत जानुभएको भन्दा के फरक पर्ला ?

टिप्पणीहरू