सर्वोच्च अदालतले प्रधानन्यायाधीशविरुद्को मुद्दा हेर्न भ्याएन

सर्वोच्च अदालतले प्रधानन्यायाधीशविरुद्को मुद्दा हेर्न भ्याएन

सर्वोच्च अदालतले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र समशेर राणाविरुद्ध संसदमा दर्ता भएको महाअभियोग प्रस्तावविरुद्धको रिट आज ‘हेर्न नभ्याइने’ सूचीमा राखेको छ ।

कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरु हरिकृष्ण कार्की,विश्वम्भरप्रसाद श्रेष्ठ,ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराई रहनुभएको संवैधानिक इजलासले उक्त मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा राखेको हो ।

गत फागुन १ गते प्रतिनिधि सभामा नेपाली काँग्रेस,नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका गरी ९८ जना सांसदले प्रधानन्यायाधीश राणाविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गराएका थिए ।

सोही महाभियोगको प्रस्ताव बदर गराउन सर्वोच्च अदालतमा दुई वटा छुट्टाछुट्टै रिट दर्ता भएको हो । फागुन ११ गते अधिवक्ता डा. पुण्यप्रसाद खतिवडाले महाभियोग प्रस्तावविरुद्ध अन्तरिम आदेशको माग गर्दै र १२ गते अधिवक्ताहरु त्रिलोकबहादुर चन्दसहितले रिट दर्ता गराएका थिए ।

टिप्पणीहरू