नयाँ वर्षदेखि श्रम स्वीकृति अनलाइनबाट

नयाँ वर्षदेखि श्रम स्वीकृति अनलाइनबाट

वैदेशिक रोजगार कार्यालयले संस्थागत श्रम स्वीकृति अबदेखि अनलाइन प्रणालीबाट मात्र जारी हुने व्यवस्था गरेको छ । उक्त व्यवस्था आगामी वैशाख २ गतेदेखि लागु हुँदैछ ।

संस्थागत श्रम स्वीकृतिका लागि अबदेखि वैदेशिक रोजगार व्यवसायी वा प्रतिनिधि कार्यालय पुग्नुपर्ने बाध्यता हटेको छ । कार्यालयले पुनः श्रम स्वीकृति,संस्थागत श्रम स्वीकृति र व्यक्तिगत श्रम स्वीकृतिको काम गर्दै आएको छ ।

कार्यालयले पुनः श्रम स्वीकृतिसँगै अब संस्थागत श्रम स्वीकृतिको काम पनि अनलाइन प्रणालीबाट गर्न लागेको हो । पुनः श्रम स्वीकृति गत माघदेखि अनलाइनबाट दिँदै आएको छ ।

कार्यालयले प्रविधिमा समस्या आउन सक्ने जनाउँदै कम्तिमा तीन दिन अगावै संस्थागत श्रम स्वीकृतिका लागि अनलाइन आवेदन गर्न सम्बन्धित सबैलाई अनुरोधसमेत गरेको छ ।

टिप्पणीहरू