कुलेश्वरमा आगलागी, फोम पसल ध्वस्त

कुलेश्वरमा आगलागी, फोम पसल ध्वस्त

केहीबेर अघि काठमाडौंको कुलेश्वरमा आगलागी भएको छ । कुलेश्वर गणेश मन्दिर नजिकैको एउटा पसलमा आगलागी भएको प्रहरीले जानकारी दिएको छ ।

 

मन्दिर नजिकैको फोम पसलमा विद्युत शर्ट भएर आगलागी भएको अनुमान गरिएको छ । बिनोद बानियाको उक्त पसलमा पौने १० बजे अचानक आगलागी भएको स्थानीयले बताएका छन् ।

 

घटनास्थल पुगेको जुद्ध वारुणयन्त्रको दमकलले साढे १० बजे आगलागी नियन्त्रणमा लिएको हो । मानवीय क्षति नभए पनि आगलागीबाट भएको क्षतिको अन्य विवरण आइसकेको छैन ।

टिप्पणीहरू