स्वास्थ्य निगरानी गर्न महानगरले बनायो एप

स्वास्थ्य निगरानी गर्न महानगरले बनायो एप

कोरोना (कोभिड १९) को सम्भावित महामारिको रोकथाम र निगरानी गर्न काठमाडौं महानगरपालिकाले नेपाल रिसर्च एडुकेशन नेटवर्क, जनस्वास्थ्य सरोकार ट्रष्ट, इनोभेटिभ सोलुसन, नेपाल डिजास्टार–इमर्जेन्सी मेडिसिन सेन्टरलगायतका संघसंस्थासितको साझेदारितामा ‘नेपाल कोविड–१९ निगरानी प्रणाली’ निर्माण गरेको छ ।

यो प्रणाली अब सजिलै मोबाइलको प्ले स्टोरबाट डाउनलोड गर्न सकिने भएको छ । यो एप डाउनलोड गरी महानगरभित्रका जो-कसैले पनि सावधानी अपनाउनु पर्ने/नपर्ने, घरमै सुरक्षित बसे हुन्छ कि स्वास्थ्य संस्थामा जानुपर्ने, बिशेषज्ञसितको स्वास्थ्य सेवा आवश्यक पर्छ कि पर्दैन जस्ता आफ्नो स्वास्थ्यसम्बन्धी अवस्था (जानकारी) थाहा पाउन सकिने कामपाले जनाएको छ ।

‘नेपाल कोविड–१९ निगरानी प्रणाली’ प्रणालीले मुख्यतया चारवटा कार्यहरु गर्दछः लक्षणहरुका आधारमा कोरोना संक्रमणको स्वमूल्यांकन गर्न मदत पुर्‍याउँछ, स्वमुल्यांकन मार्फत सम्भावित लक्षण देखिएका व्यक्तिहरुलाई तुरुन्त चिकित्सकहरुले फोन सम्पर्क गरि आवश्यक परामर्श दिनेछ, स्वमूल्यांकन तथा फोन परामर्श पश्चात रोगको सम्भावना उच्च देखिएका व्यक्तिहरुलाई एम्वुलेन्सको व्यवस्था गरि खकार तथा स्वाव परिक्षणका लागि तोकिएको अस्पताल लैजानेछ र भौगोलिक सूचना प्रणालीको माध्यमवाट सम्वन्धित निकायलाइ संक्रमण नियन्त्रणका लागि थप उपायहरु अवलम्वन गर्न सहयोग गर्नेछ।

हाल यो प्रणाली काठमाडौं महानगरपालीकामा पुर्ण रुपमा लागू भएको छ तर महानगरपालीका बाहिरकाले पनि आफ्नो स्वास्थ्य अवस्थाबारे जानकारी लिन यो एपलाई प्रोयोग गर्न भने सक्नेछन् । जोकसैले पनि सजिलोसित डाउनलोड गर्न सकिने र मिल्ने यो एप डाउनलोड गरी यो प्रणालीबाट लाभ उठाउन र कोरोना संक्रमणबाट बच्न र अरूलाई बचाउन महानगरपालिकाले सबैमा आह्वान गरेको छ ।

यो प्रणालीमा प्रवेश गरी स्वास्थ्यलाभ उठाउन चाहने महानुभावहरूले आफ्नो मोवाइल फोनमा तल दिइएको लिन्कमा क्लिक गरी यो एप डाउनलोड गर्न सकिने महानगरपालिकाले जनाएको छ ।

टिप्पणीहरू