सुपारीको सँसारमा अब क-कसलाई संकट ?

सुपारीको सँसारमा अब क-कसलाई संकट ?

यही सरकारले सुपारीलगायतका वस्तुहरु ल्याउन दिएको अनुमतिलाई रोक्न संसदीय समितिले निर्देशन दिएको छ । प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले सुपारी आयातको अनुमति तत्काल रोक्न निर्देशन दिएको हो ।

आज समितिले उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव, उद्योग विभाग र वाणिज्य विभागका महानिर्देशकहरुसँग गरेको छलफलपछि तत्काल सुपारी, मरिच, केराउको आयात रोक्न निर्देशन दिएको हो ।

मुलुकमा विदेशी मुद्राको सञ्चिति घट्दै जाँदा पनि सरकारले आँखामा पट्टी बाँधेर ती वस्तुको आयात गर्न अनुमति दिनुलाई धेरैले आशंकाको दृष्टिकोणले हेर्दै आएका छन् । ती वस्तु सबै भारततर्फ चोरी निकासी हुने गरेको छ ।

वाणिज्य तथा आपूर्ति मन्त्रालयले गत फागुन २६ गते औद्योगिक प्रयोजनका लागि भन्दै सुपारी, मरिचलगायतका वस्तुको आयात अनुमति खुल्ला गरेको हो ।
उद्योगले गरेको पत्राचारका आधारमा वाणिज्य,आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले डाबर नेपाल, सीजी फुड्स इन्डस्ट्रिज,सीजी फुड्स इन्टरप्राइजेज, सीजी फुड्स (नेपाल), यशोदा फुड्स र दुगड स्पाइसेस एन्ड फुडलाई आयातको अनुमति दिएको बताइएको छ ।

आजको छलफलमा केराउ र मरिच मुलुकका लागि आवश्यक भए पनि सुपारी तत्कालका लागि आवश्यक नपर्ने सांसदहरुको धारणा थियो ।

टिप्पणीहरू