गण्डकीका मन्त्रीले आफ्नै कर्मचारीलाई मुक्काए

गण्डकीका मन्त्रीले आफ्नै कर्मचारीलाई मुक्काए

दिपक मनाङेका नामबाट चर्चित गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङले आफ्नै कर्मचारीलाई कुटपिट गरेका छन् । मनाङेले मन्त्रालयका सूचना अधिकारीसमेत रहेका शाखा अधिकृत प्रकाश ओझामाथि हातपात गरेका हुन् ।

आफ्नो कार्यकक्षमा फाइल लिएर आएका अधिकृत ओझासँग भनाभन हुदा मनाङेले झापड हानेको बताइएको छ । उनले मंगलबार अफिस छुट्टी हुने समयमा अधिकृत ओझालाई कुटपिट गरेको बताइएको छ । यद्यपी यसबारे कसैले पनि खुलेर कुरा गरेका छैनन् ।

‘मैले पनि अनौपचारिक रूपमा त्यही सुनेको छु । म अहिले बाहिर छु,’ मन्त्रालयका सचिव बद्रिनाथ अधिकारीले भने, ‘मन्त्रालय गएपछि मात्रै थाहा होला ।’ कुटिएका भनिएका कर्मचारी ओझाको फोन स्वीच अफ छ । घटना के कारणले भएको भन्ने पनि खुलेको छैन ।

‘भनाभन भएको हो भन्ने सुनिएको छ । कुटपिट नै भएको हुन सक्छ,’ एक कर्मचारीले भने, ‘यसरी त काम गर्न गाह्रो हुन्छ ।’ कुटिएका भनिएको ओझाको भने फोन स्विचअफ छ ।

मनाङेले मन्त्री हुनुअघि पनि कास्की एन्फाका अध्यक्ष मिलन गुरुङमाथि मुक्का प्रहार गरेका थिए । गत ७४ सालको प्रदेश तथा संघीय निर्वाचनमा मनाङेले एमालेको समर्थनमा स्वतन्त्र उम्मेदवारका रुपमा मनाङबाट प्रदेशसभा सदस्य जितेका हुन् ।

टिप्पणीहरू