माधव नेपालले डोल्पामा भाषण गर्ने

माधव नेपालले डोल्पामा भाषण गर्ने

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आगामी आइतबार डोल्पा सदरमुकाम दुनैमा आयोजना गरिने बृहत जनसभालाई सम्बोधन गर्ने हुनुभएको छ ।

आज दुनैमा पार्टीको जिल्ला कमिटीले आयोजना गरेको पत्रकार सम्मेलनमा उक्त जानकारी दिइएको हो । आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर आयोजना गरिएको उक्त कार्यक्रममा पार्टीको कर्णाली प्रदेश कमिटीका इञ्चार्ज प्रकाश ज्वाला, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आले, प्रतिनिधिसभा सदस्य धनबहादुर बुढालगायतले जनसभालाई सम्बोधन गर्ने बताइएको छ ।

आजै जारी विज्ञप्तिमा जिल्ला कमिटीले यसबीचमा जिल्लामा जनतामाझ जाऔं, एकीकृत समाजवादीलाई जिताऔं भन्ने मूल नाराका साथ पालिका तथा वडा केन्द्रित १५ दिने जनपरिचालन अभियान सम्पन्न गरिएको उल्लेख छ ।

माल्दिभ्स, नेपाल तथा श्रीलंकाका लागि बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोसले नेपालमा थप रोजगारमूलक कार्यक्रम, सम्बन्धित नीति, क्षमता विकास तथा सेवा प्रवाहमा सुधार ल्याउन विश्व बैंक तयार रहेको जानकारी पनि दिएका छन् ।

टिप्पणीहरू