संकटमा पनि सुमार्गीको अलग स्वार्थ

संकटमा पनि सुमार्गीको अलग स्वार्थ 

व्यावसायिक गतिविधिमा विवादास्पद तथा संदिग्ध लगानीका कारण चर्चामा आइरहने अजेयराज सुमार्गी (पराजुली) ले कोभिड- १९ (कोरोना भाइरस) का कारण विश्व मानव समाज आतंकित भएको बेला पनि आफूलाई नक्कली कामबाट प्रचारमा ल्याउन चुकेनन् ।

सरकारले चैत ११ गतेदेखि देशभर लकडाउन घोषणा गरेपछि पशुपतिनाथमा आश्रति बेसहरा, असहाय तथा अनाथ व्यक्तिको खानपान एवं संरक्षणको काम चलिरहेको छ । पशुपतिक्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकाल, सदस्य राजु खत्री, स्थानीय युवा नवीन कोइरालासहितका व्यक्तिहरुले व्यक्तिगत तवरबाट लकडाउनकै दिनदेखि यस्तो काम गर्दै आएका छन् ।

उनीहरुले मानवीय कामलाई प्रचारमा ल्याएनन्, तर दिनहुँ असहाय र अनाथका लागि अन्न र वस्त्र पुर्याइरहे । यस्तो काम चलेको १२ औं दिनपछि, अर्थात् चैत २२ गते शनिबार सुमार्गी पशुपतिनाथ परिसरमा झुल्किए । त्यहाँ ११ गतेदेखि नै सुमार्गीहरुले नै बनाएको ‘सुमार्गी भवन’ मा असहाय तथा अनाथका लागि अन्न र वस्त्र वितरण चल्दै आएको थियो । शनिबार सुमार्गी पुग्दा केही फोटो खिच्ने सहयोगी साथमा थिए । एकजना व्यक्तिलाई ‘बेसहारा’ भन्दै उभ्याए । एउटा पोको दिइरहेको फोटो खिचाए । त्यो फोटो आफ्नै स्वामित्वमा रहेको एक अनलाइन न्युज पोर्टलमा अपलोड गराए । अनि, आफूसहित इष्टमित्र, छरछिमेकसम्मलाई समाजिक सन्जालबाट शेयर गर्न लगाए ।

सुमार्गी शनिबार त्यहाँ पुग्दा लक्षित व्यक्तिहरु वास्तविक दाताबाट आफ्नो राहत लिएर बाटो लागिसकेका थिए । त्यहीबेला सुमार्गी मोड्लिङ गर्न पुग्दा वास्तविक दातादेखि तिनलाई चिन्ने मानिसहरुसम्म अचम्म मानिरहेका थिए ।

टिप्पणीहरू