समुन्द्रमा तैरिरहेको चट्टान

समुन्द्रमा तैरिरहेको चट्टान

अचम्मलाग्दो,आजकल फ्रान्सको मार्सेइ शहरनजिक समुन्द्री तटमा एउटा चट्टानको डङ्गुर तैरिरहेको वा देखिन्छ । मानिसहरु आश्चर्य मान्छन्-के यो सम्भव छ? सम्भव छ, किनकि यो तैरिरहेको चट्टान वास्तवमा एकजना फ्रान्सेली कलाकार जुलियन बेर्थिएरले सृजना गरेका एक उत्कृष्ट कलाको जीवन्त नमुना हो,जसले चट्टानको भेषमा यस्तो डुङ्गाको निर्माण गरेका थिए ।

४.३ मीटर अग्लो यो डुंगा epoxy resin भनिने एउटा रसायन,जुन मुख्यतया टाँसिने (ग्लु) जस्तो वस्तुमा प्रयोग हुन्छ,लाई सेकेन्ड ह्यान्ड खरिद गरिएको डुंगामा प्रयोग गरेर बनाइएको हो ।

फ्रान्सेली कलाकार जुलियन बेर्थिएरले यो भन्दा पहिले पनि सन् २०१० मा “love love” नाम दिईएको एउटा अर्को पानीमा तैरिरहेको डुंगा निर्माण गरेका थिए, जुन पानीमा ४५ डिग्रीमा डुबिरहेको जस्तो देखिने गरी डिजाइन गरिएको थियो । कलाकारको अन्य सृजना उनको आफ्नै वेबसाइटमा गएर पनि हेर्न सकिन्छ ।

फोटो श्रोत: कनेक्सन फ्रान्स र वेबसाइट

टिप्पणीहरू