अव्यवस्थित विकासले बुटवलमा धुलो मैलो ( फोटो फिचर )

अव्यवस्थित विकासले बुटवलमा धुलो मैलो ( फोटो फिचर )

विकास हुनु सकारात्मक पक्ष हो । देशमा संघीयता कायम भएपछि सहर केन्द्रित विकास स्थानीय स्तरमा पनि केही हदसम्म भएको अनुभूति स्थानीयले गरेका छन् । तर, लुम्बिनी प्रदेशमा भने विकास शब्दको अर्थ नै फरक लाग्नेगरी संरचना निर्माण भएको पाउन सकिन्छ ।

जसको जल्दोबल्दो उदाहरण हो सिध्दार्थ राजमार्गअन्तरगत बुटवल उपमहानगरपालिकाभित्रको मुख्य सडक । यस स्थानमा पानी परे हिलाम्मे र घाम लाग्दा धुलोले टिक्न नदिने जनताको गुनासो छ ।

बुटवलका भित्री बाटाहरु भने केही हदसम्म चिल्ला र पक्की भएपनि मुख्य सडकमा देखिएको समस्या समाधान गर्न‌ कसैको ध्यान गएको छैन । बुटवल लुम्बिनी प्रदेशको पुरानो राजधानीसमेत हो । प्रदेश सरकारले केही महिनाअघि मात्र प्रदेशको राजधानी दाङ सारेको थियो । बुटवल लुम्बिनी प्रदेशको राजधानी रहँदा पनि यहाँका सडकहरुको हाल बेहाल थियो ।

अहिले पनि अव्यवस्थितरुपमा नाली निर्माणको काम चलिरहेको छ । सडकको दुवै पाखामा खनेर काम गर्दै गर्दा सडकमा पानी हालेर सवारी गुडाउनु परेको बाध्यात्मक अवस्था यी तस्बिरहरुमा देख्न सकिन्छ ।

फोटो : शिव अधिकारी

टिप्पणीहरू