जुँगाको रेखी बसेकाहरु लागुऔषध कारोबारी

जुँगाको रेखी बसेकाहरु लागुऔषध कारोबारी

प्रहरीले सिन्धुलीमा छ सय नाईट्राभेट ट्याब्लेटसहित एक किशोरलाई नियन्त्रणमा लिएको छ । कमलामाई नगरपालिका ९ भिमानबाट उक्त लागुऔषधसहित उनलाई प्रहरीले आज नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका ३ बस्ने १९ वर्षीय फुलमहमद अन्सारी हुन् । बर्दिबासबाट काठमाडौंतर्फ आउँदै गरेको ना.१ ज ३८७४ नम्बरको सुमोमा सवार उनको साथबाट लागुऔषध बरामद गरिएको हो ।

उनलाई इलाका प्रहरी कार्यालय भिमानबाट खटिएको टोलीले पक्राउ गरि थप अनुसन्धान गरिरहेको छ ।

टिप्पणीहरू