कोरोना फैलिएपछि घर आएकासँग निवेदन मागियो

कोरोना फैलिएपछि घर आएकासँग निवेदन मागियो

कोरोना संक्रमणका कारण विदेशमा अध्ययन गर्न जानबाट वञ्चित विद्यार्थीहरूले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा निवेदन दिनुपर्ने भएको छ । मन्त्रालय आगामी शुक्रबारसम्म निवेदन दिन भनेको हो ।

कोरोना महामारी र लकडाउनका कारण चीनलगायत देशमा पढ्न गएका विद्यार्थी तत्काल स्वदेश फर्केका थिए । कोरोना र लकडाउनले पढाइलाई निरन्तरता दिन नपाएका उनीहरूलाई मन्त्रालयले निवेदन दिई सम्पर्कमा आउन भनेको छ ।

मन्त्रालयको वेवसाइटमा राखिएको निवेदनको ढाँचामा उल्लेखित विवरण खुलाएर चैत २५ गतेभित्र शिक्षा शाखाको इमेलमा निवेदन पठाउन मन्त्रालयले आग्रह गरेको हो । चीनलगायत देशमा अध्ययन गरिरहेका नेपाली विद्यार्थीले पुनः सम्बन्धित मुलुकमा गएर आफ्नो पठनपाठनलाई निरन्तरता दिने वातावरण बनाइदिन पटक पटक सरकारलाई आग्रह गर्दै आएपछि मन्त्रालयले उक्त निर्णय गरेको हो ।

टिप्पणीहरू