अदालतको तारेख अनलाइनबाट लिन सकिने

अदालतको तारेख अनलाइनबाट लिन सकिने

विशेष अदालतले अनलाइनबाट तारेख लिने व्यवस्था मिलाएको छ । अदालतले आगामी वैशाख १ गतेबाट अनलाइन तारेख लिन मिल्ने व्यवस्था मिलाएको हो । नयाँ वर्षको भोलिपल्टदेखि सेवाग्राहीले आफूलाई पायक पर्ने उच्च वा जिल्ला अदालत पुगेर अनलाइनमा तारिख लिन पाउनेछन् ।

‘आफूलाई पायक पर्ने उच्च तथा जिल्ला अदालतहरूबाट अनलाइन तारेख लिन पाउने गरी निर्णय भएबमोजिम मुद्दाका पक्षहरूलाई पायक पर्ने अदालतबाट विद्युतीय माध्यमबाट तारेख उपलब्ध गराउने प्रयोजनका लागि सर्वोच्च अदालतबाट जारी सूचना प्रविधिको प्रयोग (अनलाइन) बाट तारेख लिने सम्बन्धी निर्देशिका, २०७२ बमोजिम देहायका समन्वयकर्ता र सम्पर्क व्यक्ति तोकिएको व्यहोरा सबैमा जानकारी गराइन्छ,’ सूचनामा भनिएको छ ।अदालतले समन्वयकर्ताको नाम र नम्बर समेत सूचनामा सार्वजनिक गरेको छ । समन्वयकर्ताका रूपमा शाखा अधिकृत भुपेन्द्र उपाध्याय (सुपरीवेक्षक) को मोबाइल नम्बर ९८४१९८०१२७, शाखा अधिकृत यज्ञराज रेग्मीको मोबाइल नम्बर ९८५११९८२५८ मा सम्पर्क गर्न सकिने भनेको छ । त्यस्तै, अनलाइन माध्यमको प्राविधिक सहयोगका लागि प्राविधिक टामलाल भुसालको मोबाइल नम्बर ९८४१२०९०९३ दिइएको छ ।

टिप्पणीहरू