“जथाभावी बोल्नेसङ्ग केही लाग्दैन”‘

“जथाभावी बोल्नेसङ्ग केही लाग्दैन”‘

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सत्तारुढ पाँच दलबीच हुने चुनावी तालमेलको निर्णयले केही नेताको सन्तुलन बिग्रेको टिप्पणी गर्नुभएको छ । आज धनगढीमा आयोजित पत्रकार सम्मेलनमा एमाले अध्यक्ष केपी शर्मा ओलीतर्फ संकेत गर्दै उहाँले यस्तो टिप्पणी गर्नुभएको हो ।

‘सत्तारुढ पाँच दलबीच चुनावी तालमेलको निर्णयले जनविरोधीहरूको मुख चाउरिएको छ”,उहाँले भन्नुभयो, ‘निद्रा हराम भएको छ । दिमाग बिग्रेको छ ।”

उहाँले वामपन्थी र लोकतान्त्रिक शक्तिहरू मिलेर स्थानीय तह निर्वाचनमा जाने सहमति भइसकेको दाबी गर्दै यसले जनतामा उत्साह थपेको पनि बताउनुभयो । ‘चुनावमा मिलेर जाने सहमति भएको छ, यसले जनतामा उत्साह थपेको छ‘, अध्यक्ष नेपालले भन्नुभयो ।

उहाँले चुनावी तालमेलको निर्णयले केपी ओली जे पायो त्यही बोल्न थालेको भन्दै कटाक्ष पनि गर्नुभयो । ‘अब उनीहरूको काम कराउने हो, नेपालले भन्नुभयो, ‘उनीहरूको काम भनेको जथाभावी बोल्ने हो । हामी अगाडि बढ्छौं ।‘

टिप्पणीहरू