सम्धीका कारण माधव नेपालको मुद्धा सर्यो

सम्धीका कारण माधव नेपालको मुद्धा सर्यो

माधव नेपालसहित एकीकृत समाजवादीका १४ जना सांसदलाई पदमुक्त गर्न माग गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतमा दायर गरेको रिटको सुनुवाई फेरि सरेको छ । पटक-पटक सुनुवाई सर्दै आएको मुध्दा आज न्यायाधीशद्वय अनिलकुमार सिन्हा र नहकुल सुवेदीको संयुक्त इजलासमा परेको थियो ।

तर,माधव नेपालको सम्धीसमेत रहेका एकीकृत समाजवादीका सांसद सोमप्रसाद पाण्डेलाई समाजवादीमा जान बाटो खोल्ने गरी त्यतिबेलै अन्तरिम आदेश दिने न्यायाधीश सुवेदीकै इजलासमा पेशी परेका कारण आजको सुनुवाई स्थगित भएको हो । त्यहीसँग सम्बन्धित मुद्दा भएकाले न्यायाधीश सुवेदीले आफैँ इजलासमा नबस्ने निर्णय गरेको कारण सुनुवाई स्थगित भएको हो

“आज नेपाल पक्षका वकिलहरुले सुनुवाई सार्न दिएको निवेदन शुरुमा बेञ्चले अस्वीकार गरेको थियो ।”

गोलाप्रथाबाट उक्त मुद्दाको पेशी न्यायाधीश सिन्हा र सुवेदीको इजलासमा तोकिएको थियो । न्यायाधीश सुवेदीले आफूले यसअघि यसैसंग जोडिएको मुध्दामा अन्तरिम आदेश दिएर एकीकृत समाजवादीलाई वैधानिकता दिइसकेकाले सुनुवाइमा नबस्ने निर्णय गरेको बताइएको छ ।सांसद पाण्डे निर्वाचन आयोगले हस्ताक्षर सनाखत गराइसकेपछि अन्तिम समयमा एमाले छोडेर समाजवादीको पक्षमा उभिएका थिए । शुरुमा सनाखत गर्न नगएका उनी समाजवादीमा जाँदा एमालेले कारवाही गर्नसक्ने भन्दै अदालत गए । उनको रिटमा सुनुवाइ गर्दै सुवेदीको एकल इजलासले कारवाही नगर्न अन्तरिम आदेश दिएको थियो । आज नेपाल पक्षका वकिलहरुले सुनुवाई सार्न दिएको निवेदन शुरुमा बेञ्चले अस्वीकार गरेको थियो ।

एमाले विभाजन गरी नेकपा एकीकृत समाजवादी गठन गरेका १४ जना सांसद्को पद खारेजी तथा दल दर्ता अवैधानिक भएको दाबीसहित एमाले अध्यक्ष ओलीले सर्वोच्चमा २०७८ भदौ १७ गते रिट दायर गरेका थिए । एमाले विभाजन गर्न त्यतिबेला जारी भएको राजनीतिक दलसम्बन्धी अध्यादेश र सभामुख अग्नि सापकोटालाई पनि रिटमा विपक्षी बनाइएको छ । यसैलाई लिएर एमालेले लगातार संसद पनि अवरुद्ध गरिरहेको छ ।

टिप्पणीहरू