सन् २०२२ को तमाखू र सूर्ती लिलामी शुरु

सन् २०२२ को तमाखू र सूर्ती लिलामी शुरु

सुन्दा नै अचम्मलाग्दो, तर हरेक बर्ष झैं यस बर्ष पनि जिम्बाब्वेको राजधानी हरारेमा तमाखू तथा सूर्तीको लिलामी सिजन शुरु भएको छ। यस पाली अघिल्लो वर्ष भन्दा राम्रो गुणस्तरको सूर्ती उत्पादन भएको बताइन्छ ।

गत बर्ष सूर्तीको मूल्य ४.३० अमेरिकी डलर प्रति किलो थियो भने यो वर्ष अलिकति बढेर उच्चतम मूल्य ४.६० पुगेको छ। सूर्ती जिम्बाब्वेको दोश्रो ठूलो विदेशी मुद्रा कमाउने श्रोत हो भने पहिलो नम्बरमा सुनको निर्यात रहेको छ। चीन र दक्षिण अफ्रिका यसका प्रमुख खरिदकर्ता रहेको जनाइएको छ।

गत वर्ष,दक्षिणी अफ्रिकी देशहरुले २११ मिलियन किलोग्राम सूर्तीका पातहरू निर्यात गरेको थियो।

जिम्बाब्वेमा ९५ प्रतिशत बाली ठेक्का प्रणालीअन्तर्गत उब्जनी हुने गरेकोले अधिकांश बाली पनि ठेक्कापट्टाबाट नै बिक्री हुने गरेको छ भने जम्माजम्मी ५ प्रतिशत कृषकले मात्र स्वयम् वा बैंकबाट ऋण लिएर लगानी गरेका छन्।

श्रोत: सिन्ह्वा

टिप्पणीहरू