“भविष्यको शहर” को विकास निर्माण उच्च गतिमा (फोटो फिचर)

“भविष्यको शहर” को विकास निर्माण उच्च गतिमा (फोटो फिचर)

चीनको सबैभन्दा कान्छो शहर सियाओंगआन जसलाई “भविष्यको शहर” भनेर पनि चिनिन्छ,ले आज शुक्रवार आफ्नो पाँचौं वार्षिकोत्सव मनाएको छ।

अप्रिल १, २०१७ मा बेइजिङमा बेइजिङ-थ्यानजिन-हबेई क्षेत्रको समन्वित विकासलाई अगाडि बढाउन सियाओंगआनलाई नयाँ शहरको रुपमा अघि सारिएको थियो।

गत वर्षको अन्तसम्म सियाओंगआन को लागि ६१८.४ बिलियन युआन (९७.२ बिलियन अमेरिकी डलर बराबर) को कूल लगानीमा १७७ वटा मुख्य परियोजनाअन्तर्गत निर्माण कार्य शुरु गरिएको थियो भने अहिलेसम्म ६० वटा परियोजनाको निर्माण कार्य सम्पन्न भैसकेको जनाइएको छ।

यस अन्तर्गत हालसम्म सहरका प्रमुख सडक,इकोलोजिकल करिडोर,खानेपानी व्यवस्था आदिले आकार लिइसकेको छ ।

हेरौं,यी पाँच वर्षमा भएका यस विकास परियोजनाअन्तर्गतका केहि तस्विर:

श्रोत: सिन्ह्वा

टिप्पणीहरू