भारत लान चार जना मन्त्री छान्दै गर्दा डिमप्रसादसङ्ग स्पष्टिकरण

भारत लान चार जना मन्त्री छान्दै गर्दा डिमप्रसादसङ्ग स्पष्टिकरण

आजको क्याबिनेटले गरेका धेरै वटा निर्णयमध्ये भोलिदेखि प्रधानमन्त्री शेरबहादुर देउवाले गर्न लाग्नुभएको भारतको तीन दिने भ्रमणमा सहभागी हुने मन्त्रीहरुको छनौट पनि हो । क्याबिनेट बैठकले प्रधानमन्त्रीको भ्रमण दलमा जाने चार जना मन्त्री पम्फा भुसाल,बिरोध खतिवडा,नारायण खड्का,महेन्द्र राय यादवको नाम अनुमोदन गरेको छ ।

त्यसैगरी नेपाल वायुसेवा निगमका विवादास्पद प्रबन्ध निर्देशक डिमप्रसाद पौडेललाई स्पष्टिकरण सोध्न क्याबिनेटले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई अख्तियारी दिएको छ । पौडेल उनै हुन् जो हालै विवादमा तानिएको बतास समूहमा सीईओ र प्रबन्ध निर्देशक थिए । त्यसैगरी चितवन मेडिकल कलेजमा पनि वित्त तथा प्रशासन निर्देशक थिए । उक्त मेडिकल कलेज पनि विभिन्न विषयमा विवादमा तानिँदै आएको छ ।

पौडेल आफैँमा भने सहायक लेखा परीक्षण एसीसीए पढेका स्याङ्जा निवासी हुन् ।

टिप्पणीहरू