प्रधानमन्त्री भारत जानुअघि सुरक्षा परिषद्को बैठकमा

प्रधानमन्त्री भारत जानुअघि सुरक्षा परिषद्को बैठकमा

प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा आज दिउँसो राष्ट्रिय सुरक्षा परिषद्को बैठक बसेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो पौने ४ बजेदेखि बैठक बसेको हो ।

बैठकमा गृहमन्त्री बालकृष्ण खाँण, परराष्ट्रमन्त्री डा. नारायण खड्का, प्रधानसेनापति प्रभुराम शर्मा, मुख्य सचिव शंकरदास बैरागी, गृहसचिव टेकनारायण पाण्डेलगायतको उपस्थिति रहेको छ ।

प्रधानमन्त्री देउवा भोलि भारतको तीन दिने भ्रमणमा नयाँ दिल्ली प्रस्थान गर्दै हुनुहुन्छ । त्यसअघि आज सुरक्षा परिषद्को बैठक बोलाइएको हो ।

टिप्पणीहरू