आज २६ जनामा कोरोना संक्रमण, मृत्यु शून्य

आज २६ जनामा कोरोना संक्रमण, मृत्यु शून्य

पछिल्लो २४ घण्टामा मुलुकभर २६ जना कोरोना संक्रमित भेटिएका छन् । पाँच हजार एक सय ९२ जनामा परीक्षण गर्दा उक्त संख्यामा संक्रमित पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उक्त अवधिमा ७७ जना संक्रमणमुक्त भएका छन् । हाल मुलुकभर कोरोना संक्रमण निको हुने दर ९८ दशमलव ७ प्रतिशत छ । अझै एक हजार एक सय ४६ जना सक्रिय संक्रमित छन् ।

गत २४ घण्टामा काठमाडौंमा आठ जना संक्रमित थपिएका छन् । भक्तपुरमा र ललितपुरमा संक्रमित भेटिएका छैनन् । काठमाडौंमा सक्रिय संक्रमितको संख्या एक सय ५५ रहेको छ । भक्तपुरमा सात र ललितपुरमा एक सय ३५ जना छन् ।

आज संक्रमणका कारण कसैले पनि ज्यान गुमाएका छैनन् । हालसम्म कोरोनाका कारण ११ हजार नौ सय ५१ जनाको मृत्यु भइसकेको छ । २४ घण्टामा थपिएका संक्रमितमध्ये सात जना युवायुवती छन् भने एक जना वृद्धवृद्धा छन् ।

टिप्पणीहरू