आजदेखि गद्दी बैठक सर्वसाधारणको निम्ति खुल्ला

आजदेखि गद्दी बैठक सर्वसाधारणको निम्ति खुल्ला

काठमाडौंको वसन्तपुरस्थित गद्दी बैठक आजदेखि सर्वसाधारणको निम्ति खुल्ला गर्न लागिएको छ । आज दिउँसो ४ बजेदेखि सर्वसाधारणले पनि उक्त बैठक कक्षको अवलोकन गर्न पाउने भएका हुन् ।

आज दिउँसो एक कार्यक्रमकाबीच संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले उक्त बैठक सर्वसाधारणको निम्ति औपचारिक रुपमा खुल्ला गर्दै हुनुहुन्छ ।

यसअघि उक्त बैठक कक्षमा तत्कालीन राजपरिवारका सदस्यलगायत समारोहमा आमन्त्रित विशिष्ट पाहुना मात्र प्रवेश गर्न पाउँथे ।

उक्त कक्षको निर्माण राणा प्रधानमन्त्री चन्द्र समशेर जंगबहादुर राणाले सन् १९०८ मा निर्माण गरेका हुन् । त्यतिबेला उक्त दरबारको गद्दी बैठक राजाको राज्याभिषेक र विदेशी मुलुकका राष्ट्र प्रमुखको स्वागतमा प्रयोग गरिन्थ्यो ।

टिप्पणीहरू