राजधानीमा झोलुङ्गेपुल उद्घाटन

राजधानीमा झोलुङ्गेपुल उद्घाटन

ललितपुरको कार्यविनायक र मछिन्द्रबहाल जोड्ने झोलुङे पुल आजदेखि औपचारिक रुपमा सञ्चालनमा आएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले उद्घाटन गरेपछि पुल सञ्चालनमा आएको हो ।

सो स्थानमा पुल नहुँदा कार्यविनायक र मछिन्द्रबहाल जानेहरुलाई निकै समस्या थियो । पुल बनेपछि दुवै स्थानमा छोटो समयमा पुग्न सकिने भएको छ ।

उपत्यकामा रहेका झोलुङ्गे पुलहरु पर्यटकीय आकर्षणका रुपमा रहँदै आएका छन् । कार्यविनायक र मछिन्द्रबहाललाई जोड्ने उक्त पुलको निर्माणपछि स्थानीय र पर्यटन प्रवद्र्धनमा सघाउ पुग्ने विश्वास राखिएको छ । ७९ लाख ७६ हजार सात सय ८९ रुपैयाँको लागतमा निर्माण सम्पन्न पुलको लम्बाई एक सय ३५ मिटर छ ।

टिप्पणीहरू