चीनको सांघाईमा लकडाउन, तेलको भाउमा गिरावट

चीनको सांघाईमा लकडाउन, तेलको भाउमा गिरावट

कोरोना भाइरस संक्रमण तीब्र हुन थालेपछि चीनको सांघाईमा आज बिहानदेखि लकडाउन गरिएको छ ।

लकडाउन दुई चरणमा लगाइएको छ । पूर्वी क्षेत्रमा आजदेखि आगामी अप्रिल १ सम्म र पश्चिम क्षेत्रमा अप्रिल १ देखि ५ तारिखसम्म लकडाउन घोषणा गरिएको हो ।

“लकडाउनसङ्गै शहरका दुई करोड ८५ लाख जनसंख्या सबैको कोरोना परीक्षण गर्ने तयारी छ । हिजो त्यहाँ चार हजार पाँच सय बढी संक्रमित थपिएका छन् ।”

लकडाउनसङ्गै शहरका दुई करोड ८५ लाख जनसंख्या सबैको कोरोना परीक्षण गर्ने तयारी छ । हिजो त्यहाँ चार हजार पाँच सय बढी संक्रमित थपिएका छन् ।

लकडाउनपछि सांघाई र अन्य केही शहरका उद्योगधन्दा र व्यापार–व्यवसाय बन्द भएका छन् । यसबाट चीनमा पेट्रोलियम पदार्थ र इन्धनको माग स्वात्तै घटेको छ ।

आज विश्व बजारमा कच्चा तेलको मूल्यमा तीन प्रतिशतसम्म गिरावट आएको छ ।

टिप्पणीहरू