विद्यार्थीले अब ८ प्रकारका छात्रवृत्ति पाउने

विद्यार्थीले अब ८ प्रकारका छात्रवृत्ति पाउने

कर्णाली प्रदेश सरकारले अध्ययन गर्न चाहने विद्यार्थीका लागि आठ प्रकारका छात्रवृत्ति उपलब्ध गराउने भएको छ ।

एकीकृत छात्रवृत्ति वितरण तथा व्यवस्थापन कार्यविधि २०७८ लाई कर्णालीको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेपछि अध्ययन गर्न चाहनेले आठ प्रकारका छात्रवृत्ति पाउने भएका हुन् ।

एकीकृत छात्रवृत्ति वितरण तथा व्यवस्थापन कार्यविधि २०७८ लाई यही चैत ११ गते बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गर्ने निर्णय गरेको कर्णाली प्रदेश सरकारका प्रवक्ता विन्दमान विष्टले जानकारी दिए ।

प्राविधिक छोरी बुहारी छात्रवृत्ति, चिकित्सा, इन्जिनियरिङ, कृषि र भेटेनरी उच्च शिक्षा छात्रवृत्ति, उच्च शिक्षा अपाङ्ग छात्रवृत्ति, उच्च शिक्षा दलित छात्रवृत्ति र उच्च शिक्षा जेहेन्दार छात्रवृत्ति उपलब्ध गराइने प्रवक्ता विष्टले बताए ।

त्यस्तै, उच्च शिक्षा सीमान्तकृत तथा लोपोन्मुख वर्ग छात्रवृत्ति, आधारभूत तथा माध्यमिक शिक्षामा गरिव तथा जेहेन्दार छात्रवृत्तिका लागि सार्वजनिक निजी साझेदारी कार्यक्रम र जनआन्दोलन र सहिदका सन्ततीका लागि उच्च शिक्षा छात्रवृत्ति कर्णाली प्रदेश सरकारले उपलब्ध गराउने छ ।

टिप्पणीहरू