अँध्यारोमा श्रीमतीहरुको ‘कम्पिटीसन’

अँध्यारोमा श्रीमतीहरुको ‘कम्पिटीसन’

गए राति काठमाडौंकी मञ्जु डोटेल ‘लेट मी इन मिसेज ब्यूटी क्विन २०७८’ भएकी छन् । धनगढीकी निरु सिंह फर्स्ट रनरअप र पोखराकी दुर्गा लामिछानेलाई सेकेण्ड रनरअप भएको घोषणा गरिएको छ ।

सिजन मिडियाद्वारा आयोजित उक्त प्रतियोगितामा १२ जना श्रीमती सुन्दरीले भाग लिएका थिए । प्रायः सबैलाई एक एक वटा उपाधि दिइएको उक्त प्रतियोगितामा सावित्री पाण्डे र सीता पाण्डे क्रमशः थर्ड र फोर्थ रनरअप भएका छन् । मीना महर्जनले अर्गनाइजर च्वाइस अवार्डको उपाधि प्राप्त गरेको बताइएको छ ।

यो प्रतियोगितामा अविवाहित महिलाले भाग लिन पाउँदैनन् ।

टिप्पणीहरू