चिनियाँ विदेशमन्त्रीको नेपाल भ्रमण तस्बिरमा

चिनियाँ विदेशमन्त्रीको नेपाल भ्रमण तस्बिरमा

चिनियाँ विदेशमन्त्री तथा राज्यपरिषद्का सदस्य वाङ यी नेपालको तीन दिने औपचारिक भ्रमणमा हुनुहुन्छ । उहाँ अस्ति अपरान्ह भारतको राजधानी नयाँ दिल्ली हुँदै विशेष विमानमा काठमाडौं आउनुभएको हो । डेढ दर्जनबढी सदस्य रहेको प्रतिनिधिमण्डलले हिजो दिउँसोबाट औपचारिक भेटवार्ता थालेको हो ।

आज राष्ट्रपति विद्यादेवी भण्डारी र प्रमुख दलका शीर्ष नेताहरुसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । हिजो प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग भेटवार्ता भएको थियो ।

आज दिउँसो स्वदेश फर्कने चिनियाँ विदेशमन्त्री वाङ यीको टोलीले हिजो साँझसम्मको २४ घण्टामा गरेको भेटवार्ताको झलक केही तस्बिरमा देखाइएको छ ।

टिप्पणीहरू