एमाले अध्यक्ष ओलीमाथि निर्मल निवास छिरेको आरोप

एमाले अध्यक्ष ओलीमाथि निर्मल निवास छिरेको आरोप

नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले सत्तारुढ गठबन्धन तोड्न प्रतिपक्षी एमाले कस्सिएर लागेको आरोप लगाउनु भएको छ ।

काठमाडौं आज अखिल नेपाल महिला संघ (समाजवादी)को भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले आसन्न निर्वाचनमा आफू कमजोर हुने भएपछि एमाले अध्यक्ष केपी ओली सत्तारुढ गठबन्धन तोड्ने प्रयासमा लागेको बताउनुभएको हो ।

आसन्न निर्वाचनमा गठबन्धनमा आवद्ध दलहरूबीच तालमेल गरेर अघि बढ्ने बताउँदै अध्यक्ष नेपालले गठबन्धन बाहिरका विचार मिल्ने दलहरूसँग पनि तालमेलको प्रस्ताव आएको खुलासा गर्नुभयो ।

सत्तारुढ गठबन्धन तोड्ने प्रयास गरिरहेका ओली पनि गठबन्धन बनाएर चुनावमा जान खोजेको उहाँको भनाइ छ । ओलीले राप्रपासँग गठबन्धन गर्न खोजेको नेपालले बताउनुभयो ।

‘सत्तारुढ गठबन्धनलाई तोड्न केपी ओली लागिपरेका छन्,’ उहाँले भन्नुभयो, ‘तर, उनी पनि गठबन्धन गर्दैछन् । कोसँग थाहा छ ? सुटुक्क ज्ञानेन्द्रको निवासमा पुग्ने गरेका छन् । राप्रपासँग साँठगाँठ गर्न खोजेका छन् । विदेशीसँग दलाली गर्न पार्टीसँग तालमेल मिलाउन खोजिरहेका छन् ।’

टिप्पणीहरू