घर नजिकै पुगेर श्रम मन्त्रीद्वारा प्रधानमन्त्रीको प्रशंसा

घर नजिकै पुगेर श्रम मन्त्रीद्वारा प्रधानमन्त्रीको प्रशंसा

श्रम,रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले प्रधानमन्त्री शेरबहादुर देउवामा सबैलाई मिलाएर लैजान सक्ने क्षमता रहेको बताउनुभएको छ ।

दमौलीमा शुरु भएको आठौं तनहुँ महोत्सवमा बोल्दै मन्त्री श्रेष्ठले प्रधानमन्त्रीको क्षमताको चर्चा गर्नुभएको हो । ‘उहाँले अधिनायकवादको बाटोमा जाने अवस्थाबाट मुलुकलाई सही दिशामा ल्याउन महत्वपूर्ण भूमिका खेल्नुभयो,’ मन्त्रीले भन्नुभयो ।

अमेरिकी सहयोग नियोग एमसीसी सम्झौतालाई सदनबाट व्याख्यात्मक घोषणासहित सर्वसम्मत पारित गराउन र विभाजित जनमतलाई एकताबद्ध बनाउन प्रधानमन्त्री देउवाको भूमिका प्रशंसनीय रहेको उहाँको भनाइ थियो ।

टिप्पणीहरू