हरिसिद्धीमा सवारी ठप्प, थलीको सडक पनि अवरुद्ध

हरिसिद्धीमा सवारी ठप्प, थलीको सडक पनि अवरुद्ध

ललितपुरको हरिसिद्धीमा सवारी आवागमन प्रभावित भएको छ । बेलैमा सडक मर्मत नभएको भन्दै स्थानीयले बाटो छेकेपछि सवारी सञ्चालन प्रभावित बनेको हो ।

हरिसिद्धिका स्थानीयले बाटो छेकेपछि सातदोबाटोबाट गोदावरी जाने सवारी साधनलाई क्यान्सर अस्पताल, सानागाउँ र गोदावरीबाट आउने सवारी साधनलाई ठैब, सानागाउँ, इमाडोल, ग्वार्को हुँदै शहर पस्ने वैकल्पिक व्यवस्था मिलाइएको छ ।

यता काठमाडौंको दक्षिणढोका–थली हुँदै साँखु जाने–आउने सवारी साधन आज पनि प्रभावित भएका छन् । सडक मर्मतको माग राख्दै थली मिलनचोकमा स्थानीयले अवरोध गर्दा मुख्य सडकमा सवारी आवागमन प्रभावित भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

थली हुँदै चल्ने सवारी साधनलाई जोरपाटी–सुन्दरीजल भएर आउने–जाने व्यवस्था मिलाइएको छ । स्थानीयले हिजो पनि दक्षिणढोका–थली हुँदै साँखु जाने सडक अवरुद्ध गरेका थिए ।

टिप्पणीहरू