५ मीनेटको अन्तरमा भारतीय राजदूत २ मन्त्रीको कार्यकक्षमा

५ मीनेटको अन्तरमा भारतीय राजदूत २ मन्त्रीको कार्यकक्षमा

भारतीय राजदूत विनयमोहन क्वात्राले आज दिउँसो पाँच मीनेटको अन्तरमा सिंहदरबारमा दुई जना मन्त्रीलाई भेटेका छन् । पौने १ बजे गृह मन्त्रालय पुगेका राजदूतले गृहमन्त्री बालकृष्ण खाँणसँग झण्डै आधा घण्टा भलाकुसारी गरेका थिए ।

आजको भेटमा विशेषगरी आगामी साताको अन्तमा हुन लागेको प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण र निर्वाचनका निम्ति सहयोगसम्बन्धमा विचार विमर्श भएको गृह मन्त्रालय स्रोतले बताएको छ ।

गृह मन्त्रालयबाट निस्केर राजदूत सोझै ऊर्जा,जलस्रोत तथा सिन्चाई मन्त्री पम्फा भुसाललाई भेट्न पुगेका थिए । भुसालसँग साढे १ बजेको हाराहारीदेखि झण्डै २ बजेसम्म कुराकानी भएको बताइन्छ ।

ऊर्जा मन्त्रालयमा पनि प्रधानमन्त्रीको आगामी भारत भ्रमणमा राखिने मन्त्रालयको एजेण्डाबारे विचार विमर्श भएको बुझिएको छ ।

टिप्पणीहरू