लाप्राककाे अनकन्टारमा चलचित्र माेह

लाप्राककाे अनकन्टारमा चलचित्र माेह

नेपालको ग्रामीण चलचित्र महोत्सव गोरखाको लाप्राकमा हुने भएको छ । सेलिब्रेटी नेपालको आयोजनामा हुन लागेको महोत्सव आगामी वैशाख ५ गतेबाट दुई दिन हुनेछ ।

महोत्सवमा नेपाली मौलिक ग्रामिण कथा वस्तुमा निर्माण गरिएका चलचित्रलाई सहभागी गराइने आयोजकले जनाएको छ । चलचित्र विकास बोर्डको सहकार्यमा आजबाट चलचित्र दर्ता प्रक्रियाको सुरुवात गरिएको हो । पर्यटन प्रवर्धनका साथै नेपाली चलचित्रलाई ग्रामीण बजारमा पुर्याउने उद्देश्यका साथ उक्त महोत्सवको आयोजना गरिएको हो ।

महोत्सवमा गाउँले परिवेशमा निर्माण गरिएका स्वदेशी छोटा चलचित्र, डकुमेन्ट्री, फिचर चलचित्र र भाषाभाषिका चलचित्र सहभागी हुनेछन् । महोत्सवमा सहभागी हुन चाहने चलचित्र टिमले नेपाल ग्रामीण चलचित्र महोत्सवको वेवसाइटमा इमेल गरेर सहभागिता जनाउन सक्नेछन् ।

टिप्पणीहरू