विमान दुर्घटनामा कोही पनि बाँचेनन्

विमान दुर्घटनामा कोही पनि बाँचेनन्

गत सोमबार चीनको क्वाङ्सी चुआङ प्रान्तमा एक सय ३२ जना यात्रु बोकेको यात्रुवाहक विमान दुर्घटनाग्रस्त हुँदा त्यसमा रहेका कोही पनि जिवित फेला नपरेको बताइएको छ । चिनियाँ सरकारी अधिकारीहरुलाई उद्धृत गर्दै चीनको समाचार समिति सिन्ह्वाले प्रकाशित गरेका पछिल्लो बुलेटिनमा उक्त कुरा उल्लेख छ ।

दुर्घटनास्थलमा अहिले पनि उद्धारकार्य जारि रहेको तर हालसम्म कसैलाई पनि जिवित फेला पार्न नसकिएको उद्धारमा संलग्नहरुले बताएका हुन् ।

घटनास्थलमा अनुसन्धान टोली निरन्तर खटिएको र विमान दुर्घटनाको कारण पत्ता लगाउन ब्ल्याक बक्सको खोजी व्यापक रुपमा गरिरहेको पनि जनाइएको छ । ब्ल्याक बक्सको खोजीमा ड्रोनको समेत प्रयोग गरिएको छ ।

स्रोत : सिन्ह्वा

 

टिप्पणीहरू